पोखरा महानगरमा मेयरका बागी उम्मेदवारलाई लालटिन
मेरोन्यूज
२०७९ वैशाख १७ गते १५:०७

कास्की । पोखरा महानगरको मेयरमा बागी उम्मेद्वारी दिएका विमलबहादुर कार्कीलाई लालटिन चिह्न दिइएको छ । कांग्रेस नेतासमेत रहेका उनले गठबन्धनको विरोध गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
उनलाई उम्मेदवारी फिर्ता गराउनका लागि अनुरोध गरे पनि फिर्ता नलिएको भन्दै कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ ।
गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले शुक्रबार नै उम्मेदवाररी फिर्ता लिएका छन् ।
यस्तै, अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारलाई लौरो चिन्ह दिइएको छ । मेयरदेखि वडाध्यक्षका उम्मेदवारले अब लौरोबाट भोट माग्न पाउने छन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ ।
सम्बन्धित















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया