बिहीबार, माघ १५, २०८२

माओवादी केन्द्रकी महिला वडा सदस्य निर्विरोध

मेरोन्यूज २०७९ वैशाख १७ गते १५:५३

महोत्तरी । नेकपा माओवादी केन्द्र बर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन् ।

नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरूले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ । बर्दिबास नगरपालिकामा निर्विरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन् ।

बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाई माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सबै उम्मेदवार विजय हुने उनले दाबी गरिन् ।

प्रतिक्रिया