नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १७ गते २१:३६
काठमाडौँ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका ५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।
आफ्नै छोरीलाई डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आएलगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्ने क्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
सम्बन्धित
















बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया