नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १७ गते २१:३६
काठमाडौँ । खोटाङमा आफ्नै नाबालिका छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् । १२ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका ५ महेश्वरीका ५१ वर्षीय बाबु पक्राउ परेका हुन् ।
आफ्नै छोरीलाई डर त्रास देखाएर जबरजस्ती करणी गरेको सूचना आएलगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएका प्रहरीको टोलीले अभियुक्तलाई खोजतलास गर्ने क्रममा शुक्रबार महेश्वरीबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी हाडनाता जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया