आईजीपीमा कुरा नमिलेपछि मन्त्रिपरिषद् बैठक बस्न सकेन

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिमा कुरा नमिलेपछि ११ बजेका लागि बोलाईएको मन्त्रिपरिषद्को वैठक बस्न नसकेको स्रोतले जनाउको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले तेस्रो बरियतामा रहेका एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने तयरी गरेको थिए तर चुनावी माहाेलमा बरियता मिचेर नियुक्ति गर्दा विवाद हुने देखिएपछि मन्त्रिपरिषद्को वैठक बस्न नसकेको हो ।
नेपाल प्रहरीका महानिरिक्षक शैलेश थापा क्षेत्री आज ३० वर्षीय सेवा अवधी सकेर अनिवार्य अवकासमा जाँदै छन् उनको ठाउँमा ४ जना एआईजीहरु आईजीपीको दौडमा छन् । बरियताक्रम अनुसार विश्वराज पोखरेल, शहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुक छन् ।
प्रधानमन्त्री देउवाले उनिहरुमध्य धिरज प्रताप सिंहलाई आईजीपीमा नियुक्त गर्ने तयारी गरेका थिए तर निर्वाचनको नजिक बरियता मिचेर नियुक्त गर्दा कानुनी समस्यासँग जुद्नु पर्ने देखिएपछि गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री गोविन्द बन्दी र नेपाली काँग्रेसका अन्य शिर्ष नेताहरुले धिरजको नियुक्तिमा असमर्थन जनाएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रहरीमा पहिलो नम्बरमा रहेका एआईजी विश्व पोखरेल,सहकुल थापा, सिंह र चौथो नम्बरमा रहेका रविन्द्र धानुक आईजीपीको दौडमा थिए । तर, प्रधानमन्त्री देउवाले सिंहलाई नै बनाउने निर्णय गरिसकेका थिए। सिंहको पक्षमा उनकी पत्नी आरजु राणा र सचिवालयका सदस्य छन् ।
वरियतामा मिच्दा चुनावको बेला विवाद हुने भन्दै गृहमन्त्री बालकृष्ण खांड, संचारमन्त्री ज्ञानेन्द्र कार्की, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पोखरेललाई नै आईजीपी बनाउन आग्रह गरेपनि प्रधानमन्त्री देउवा त्यसमा सहमत भएका छैनन् ।
पोखरेलले सिंहलाई आईजीपी नियुक्त गरे आफुले राजीनामा दिने र सर्वोच्च अदालतमा रिट दिने जानकारी दिइसकेका छन् । त्यसका लागि उनले कानुन व्यवसायीहरुसंग समेत परामर्श गरिसकेका छन् ।
आईजीपी नियुक्तिमा समस्या देखिएपछि हाल सिंहदरबारमा प्रधानमन्त्री, गृहमन्त्री, कानुनमन्त्रि र प्रहरी महानिरिक्षकको संयुक्त वैठक बसिरहेको छ । प्रधानमन्त्री देउवाले महान्यायाधीवक्ता खम्बबहादुर खाती र निकट कानुन व्यवसायी केशव जोशीसंग सिंहको नियुक्तीबारे परामर्श गरका छन् ।
यता सत्तारुढ द ल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र नेकपा एकिकृत सामाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने धिरजको नियुक्तिमा सर्वोच्चको ग्रिन सिंगन आए नियुक्ति गर्ने मनसायमा रहेको देखिन्छ ।
कानुनी समस्या हुने दखिए पहिलो वरियतामा रहेको विश्वराज नै आईजीपीमा नियुक्त हुने देखिन्छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया