आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्को वैठक सुरु

काठमाडौं । नेपाल प्रहरीको २९ औं महानिरिक्षक (आईजीपी) नियुक्तिको लागि मन्त्रि परिषद्को वैठक सुरु भएको छ । शैलेश थापा क्षेत्रीको अवकाससँगै रिक्त रहने आईजीपी नियुक्तिका लागि मन्त्रिपरिषद्को वैठक सुरु भएको हो ।
गृहमन्त्रालयले आईजीपी नियुक्तिका लागि अतिरिक्त महानिरिक्षक (एआईजी)हरु विश्वराज पोखरेल, शहकुल थापा, धिरज प्रताप सिंह र रविन्द्र धानुकलाई मन्त्रिपरिषद्मा सिफारीस गरेको छ । उनिहरु मध्यकै एक जनालाई प्रहरीको नयाँ आईजीपी बनाउनको लागि मन्त्रिपरिषद्को बैठक बसेको हो ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो नंबरमा रहेका धिरज प्रताप सिंहलाई आईजीपी बनाउन पहल गरेका छन् भने गृहमन्त्री बालकृष्ण खाणले पहिलो नंबरमा रहका विश्वराज पोखरेललाई आईजीपी बनाउन पहल गरेका छन् ।
महानिरीक्षक बनाउने विषयमा गृह मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवाबीच फरक फरक मत देखिएको छ । यद्यपी प्रधानमन्त्री देउवाले भने वरीयताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने अडान लिएका छन् ।
जसले गर्दा गृह मन्त्रालयको सिफारिस फेल हुने देखिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार देउवाले सिंहलाई नै आईजीपी बनाउने अडान लिएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीभित्र रहेको ‘चेनअफ कमाण्ड’लाई नै भत्काउने आशय व्यक्त गरेका थिए । सोही अनुसार पोखरेललाई नै आईजीपी बनाउनुपर्ने उनको माग छ ।
चुनावको मुखमा प्रहरीको ‘चेनअफ कमाण्ड’लाई भत्काउने तरिकाले आईजीपी नियुक्ति गर्दा चौतर्फी विवाद हुने देखिएपछि सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्रअध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत देउवालाई पुनःविचार गर्न आग्रह गरेको स्रोतको दावी छ ।
सत्तारुढ दलको लचकतालाई हेर्दा विश्वराजको संवावना समेत उत्तिकै देख्निछ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया