धिरजप्रताप सिंहलाई नयाँ आइजिपी बनाउने सरकारको निर्णय
मेरोन्यूज
२०७९ वैशाख १८ गते १३:४०

काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ महानिरिक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले मेरोन्यूजलाई जानकारी दिए ।
धिरजप्रताप सिंह नेपाल प्रहरीका २९ औं आइजीपीका रुपमा ११ महिना कार्यकालसम्म कार्यभार सम्हाल्नेछन् । बीचमा ३० बर्षे सेवावधि हटेमा उनले थप कार्यकाल आइजीपी हुने मौका पाउनेछन् ।
नेपाल प्रहरीमा ४ जना एआइजी आइजीपीको प्रतिस्पर्धामा थिए । गृहमन्त्रालयले एआइजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको थियो । यीमध्येबाट मन्त्रिपरिषदले सिंहलाई आइजीपी नियुक्त गरेको छ ।
सम्बन्धित
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया