हतियारसहित रुपन्देहीबाट चार जना पक्राउ
भैरहवा । रुपन्देही प्रहरीले अवैध हतियारसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको देवदह नगरपालिका ६, सताकखोला बस्ने ३६ वर्षीय गणेश राना, सोही ठाउँका ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेतबहादुर दर्लामी रहेको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार उनीहरूलाई देवदह ६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक वनभित्र भरुवा बन्दुकसहित हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
वनमा भरुवा बन्दुकसहित मानिसहरू हिँडिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ७ नाल भरुवा बन्दुक, उक्त बन्दुकमा लाग्ने छर्रा १२९ पिस, ३२७ ग्राम वारुद, ७५ पिस केप र २ थान फलामको चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ ।
चारै जनालाई रुपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया