दुई दिने सार्वजनिक बिदाको चिकित्सक संघद्वारा स्वागत
मेरोन्यूज
२०७९ वैशाख १८ गते २१:०२
काठमाडौँ । नेपाल चिकित्सक संघले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनु पर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनु पर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
‘हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया