चुनावको मुखमा दुई एआईजी बिदामा बस्दै
मेरोन्यूज
२०७९ वैशाख १९ गते १२:०१

काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि असन्तुष्ट दुई सिनियर एआईजीहरू निर्वाचनको मुखैमा बिदा बस्ने तयारी गरेका छन् । एआईजी विश्वराज पोखरेल र सहकुल थापा निर्वाचनको मुखैमा बिदा बस्न लागेका हुन् ।
उनीहरू दुवैले कानुनी लडाइँ लड्न अदालत जाने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दुवैजनाले बिदाको माग गरेका छन् । तर, स्वीकृत भएको छैन । एआईजीको बिदा आईजीपीले स्वीकृत गर्नुपर्छ । बिदा स्वीकृत नभएमा उनीहरू काममा फर्किनुपर्नेछ । पोखरेलले एक महिना र थापाले १० दिन बिदा माग गरेको बताइएको छ ।
यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ । निर्वाचन हुन ११ दिन बाँकी रहेको अवस्थामा दुई एआईजी बिदा बस्दा त्यसले संगठनको काम–कारबाहीमा समेत असर पर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।
सम्बन्धित
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया