शुक्रबार, माघ १६, २०८२

सरकारविरुद्ध सर्वोच्च पुगेका एआईजी पोखरेलको पेशी बुधबार तोकियो

मेरोन्यूज २०७९ वैशाख १९ गते १६:०५

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी बढुवामा असन्तुष्ट जनाएका एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । उनको रिट बुधबार पेशी तोकिएको छ ।

आइतबार सरकारले एआईजी धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेको थियो । सोही बढुवामाथि पोखरेलले रिट लिएर सर्वोच्च पुगेका थिए ।

आईजीपी नियुक्तिविरुद्ध असन्तुष्ट रहेका अर्का एआईजी सहकुल थापा भने अदालत पुगेका छैनन् ।

पोखरेलले भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनु पर्ने मागसहित सर्वोच्च पुगेका हुन् ।

आईजीपी थापाले आज बिहान दर्ज्यानी चिह्न लगाइसकेका छन् ।

प्रतिक्रिया