भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपालमा
मेरोन्यूज
२०७९ वैशाख १९ गते १८:५७

काठमाडौँ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आइपुगेका छन् । उनी आज दिउँसो नेपाल आइपुगेका हुन् ।
स्रोतका अनुसार उनी राजनीतिभन्दा व्यक्तिगत भ्रमणका लागि नेपाल आइपुगेको हुन् । उनी होटल मेरियटमा बसेका छन् । तर, यसबारे कुनै जानकारी दिएका छैनन् ।
उनी भिस्तार एयरलाइन्सको विमानबाट आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
नेता गान्धीले पाँच दिन नेपालमा बिताउने छन् । स्रोतका अनुसार नेपाल भ्रमणमा उनी रारा वा मुस्ताङ जाने भएका छन् ।
यसअघि उनी २०७५ साल भदौ १५ गते नेपाल आएका थिए ।
नेपालमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनी गोप्य भ्रमणमा नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सम्बन्धित
















सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
मन्त्रिपरिषद् बैठक सुरु
धनुषामा स्नातकोत्तर सम्मेलन सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
प्रतिक्रिया