के पुटिन क्यान्सरको शल्यक्रिया गर्दैछन् ?

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्थायी रूपमा देशको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभलाई सत्ता हस्तान्तरण गरेर क्यान्सरको शल्यक्रिया गराउन सक्ने अमेरिकी समाचार संस्था न्युयोर्क पोस्टले दाबी गरेको छ ।
चिकित्सकहरूले पुटिनलाई शल्यक्रिया गर्नुपर्ने बताएको रूसी पूर्वविदेशी गुप्तचर सेवाका लेफ्टिनेन्ट जनरलद्वारा सञ्चालित टेलिग्राम च्यानललाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ ।
अपेक्षित शल्यक्रिया र ‘रिकभरी’ले पुटिनलाई ‘थोरै समयका लागि’ निस्कृय पार्ने प्राप्त विवरणहरूमा जनाइएको छ ।
पछिल्ला दिनमा राष्ट्रपति पुटिनको ‘टिठलाग्दो उपस्थिति र सार्वजनिक रूपमा उदासीन व्यवहार’ लाई सन्दर्भ जोड्दै सो पत्रिकाले पुटिनलाई क्यान्सर र पार्किन्सन रोगसहित अन्य गम्भीर समस्या भएको दाबी गरेको छ ।
यद्यपि, एक अमेरिकी अधिकारीले मिडियामा सार्वजनिक भएका रिपोर्टहरूलाई पुष्टि गर्न नसकिने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले भने, ‘मैले त्यसलाई पुष्टि गर्न सहयोग गर्ने कुनै पनि कुरा देखेको छैन । ’
केही दिनअघि पुटिनले निकोलाई पात्रुसेभसँग दुई घण्टाको ‘हार्ट टु हार्ट’ कुराकानी गरेको टेलिग्राम पोस्टलाई उद्धृत गर्दै न्युयोर्क पोस्टको जनाएको थियो । ‘पुटिनले पात्रुसेभलाई संकेत गरेका थिए कि उनी व्यावहारिक रूपमा आफ्नो एकमात्र भरपर्दो सहयोगी र सरकारका सारथी हुन्’, पोस्टले दाबी गरेको छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया