भृकुटीमण्डपको जुत्ता मेलामा जाने होईन त ?

काठमाडौं । राजधानिको भृकुटीमण्डपस्थित जुत्ता मेलामा प्रत्यक दिन न्युनतम् पाँच हजार भन्दा बढी ग्राहकहरु आउने गरेको फुटवयर मेनिफेक्चरीङ एसोसियसन अफ नेपालका उपाध्यक्ष रुद्र न्यौपानेले बताएका छन् ।
भृकुटीमण्डपमा गत वैशाख १५ गतेदेखि जुत्ता मेला जारी छ । सो मेला आगमी जेठ ८ गतेसम्म हुने छ । सो मेलामा २१ वटा जुत्ता कम्पनीहरुले सहभागिता जनाएका छन् । मेला अवधीमा दैनिक पाँच हजार देखि छ हजार सम्म ग्राहक आउने र विदाको दिनमा १० हजार देखि बढि ग्राहक आउने फुटवयर मेनिफेक्चरीङ एसोसियसन अफ नेपालका उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।

उपभोक्ताको रोजाई बुझ्नको लागि यस्तो मेलाहरु आयोजना गरेको न्यौपानेले जानकारी दिए । उनले भने,‘कुन उपभोक्ताको रोजाई कस्तो छ ? भन्ने थाहाँ पाउँनको लागि पनि हामीले यस्तो मेलाहरु आयोजना गर्ने गरेका हौँ, यो चौथो पटक हो । प्रत्याक पटकमा हामी ग्राहकहरुको रोजाई फरक फरक पाउँछौ, समयक्रम अनुसार उहाँहरुको रोजाई पनि फरक फरक हुँदै गएको हामीले आँकलन गरेका छौं ।’

यस्तो मेला गर्दा ६५ लाखको हाराहारीमा खर्च हुने न्यौपानेले जानकारी दिए । ‘यस्तो मेला आयोजना गर्दा लगभग ६५लाखको हाराहारीमा खर्च हुन आउछ,’ उनले भने ,‘यसको खर्च याहाँ आउने स्टलका सञ्चालक र फुटवेयर मेनिफेक्चरीङ एसोसियसनले समेत व्यहोर्ने गरेको छ ।’
















अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
प्रतिक्रिया