सशस्त्रको रिक्त दुई एआईजी पदमा एक जनालाई मात्रै बढुवा गर्ने चलखेल !

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)मा रिक्त दुई रहेको अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवाका लागि चार जना डिआईजीले आवदेन दिएपनि एक जनालाई मात्रै बढुवा गर्ने चलखेल सुरु भएको छ ।
सशस्त्र प्रहरीबलमा यतिबेला दई एआईजीका पद रिक्त छ । रिक्त रहको दुई पदमा बढुवा गर्नुका साटो सरकारले एक जनालाई मात्रै बढुवाको अन्तिम तयारी गरेको हो । डिआइजीहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिईसकेका छन् ।
तत्कालीन महानिरीक्षक(आइजीपी शैलेन्द्र खनालले अवकाश पाएपछि पुष्पराम केसी आइजीपी भएका थिए । आईजीपी हुनेवित्तिकै केसीले राजु अर्याललाई एआईजीमा सिफारिस गरेका थिए । त्यसपछि पौडेललाई मात्रै बढुवा गरेर तीन वर्षपछि आइजीपी बनाउने खेल शुरु भएको हो ।
केसीको अवकाससँगै सरकारले आइतबार नै अर्याललाई सशस्त्र प्रहरी बलको आईजीपीमा नियुक्त गरेको थियो । अर्याल आइजीपीमा नियुक्ति भएको र पौडेलले अनिवार्य अवकाश पाएपछि सशस्त्र प्रहरीमा दुईवटा पद रिक्त छन् । वरियतामासमेत अघि रहेका डीआईजीहरु पौडेल र गौतम एआईजीमा सहजै बढुवा हुने देखिन्छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया