रोशी दुर्घटनाको अनुसन्धान गर्न डिएसपी खतिवडाको नेतृत्वमा समिति गठन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डाला बेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु र १९ जना घाइते हुनेगरी भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्री खाणको निर्देशनपछि प्रहरी नायब उपरीक्षक(डिएसपी) हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको जानकारी दिए । उनका अनुसार समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र प्रहरी निरीक्षक सदस्य छन् ।
गृहमन्त्री खाणले घटनाका घाइतेलाई तत्काल उचित उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न पनि निर्देशन दिनुभएको प्रजिअ पाण्डेले जानकारी दिए।
बुधबार मध्यान्ह काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको ग्एछडत्डज्ञडज्ञ नम्बरको मिनी बस र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४२१० नम्बरको सुमो ठक्कर खाँदा दुई महिला, दुई पुरुष र एक बालक गरी ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकाहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया