आइतबार, चैत २२, २०८२

मेघा शाही भन्छिन् – जीतपुरसिमरा उपमहानगरलाई भ्रष्टचार मुक्त बनाउँनु मेरोे पहिलो प्राथमिकता

मेरोन्यूज २०७९ वैशाख २२ गते १३:५४

काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा रहेकी विद्यार्थी नेत्री मेघा शाहीले आफ्नो एजेन्डामा सु- शासनलाई बढी जोड दिएकी छिन् । विद्यार्थी हकहितका लागि नेपाल विद्यार्थी संघमा सक्रिय राजनीतिबाट उदाएकी मेघा जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयर बन्ने दौडमा छिन् ।
‘स्थानीय तहलाई भ्रष्टचार मुक्त बनाउनुका साथै सेवालाई सरल बनाउने प्राथमिकता मैले लिएकी छु’ उनले भनिन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘स्थानीय तहमा युवा’ भन्ने नाराका साथ उपमेयर पदमा उम्मेदवारी दिएकी मेघा विद्यालयमा पढ्दै राजनीतिमा प्रवेश गरेकी हुन् । मेघा नेविसंघको ठाकुर राम बहुमुखी क्याम्पस ईकाई अध्यक्ष हुँदै केन्द्रीय सदस्यसमेत भइसकेकी छिन्।
अघिल्लो निर्वाचित जनप्रतिनिधिले स्थानीय तहलाई भ्रष्टचार मार्फत चिनाएपछि पहिलो प्राथमिकतामा नै ‘भ्रष्टचार मुक्त उपमहानगरपालिका’ भन्ने नारा सहित भोट मागिरहेकी छिन् ।

मेघाले भनिन्, ‘भ्रष्टचार मुक्त उपमहानगरपालिका बनाउने योजना प्राथमिकतामा छ । उपमहानगरपालिका सुधार्नु छ भने सु-शासन बढाउनु पर्ने छ ।’
सधैँजसो गुणस्तरीय शिक्षा र विद्यार्थी हकहितका एजेण्डा बोकेर आन्दोलनमा उत्रने मेघा अहिले जीतपुरसिमराको समृद्धि र सु-शासनको एजेण्डा बोकेर चुनावी मैदानमा छिन् ।
व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा बताउने मेघाले उपमेयरलाई दिएका अधिकारहरुको प्रयोग गर्दै जीतपुरसिमराका जनताको सेवा गर्ने आफ्नो लक्ष्य रहेको बताउँछिन् ।

औद्योगिक हिसाबले पनि निकै सबल रहेको जीतपुरसिमरालाई श्रमिकहरुको नगर पनि मानिन्छ । यस नगरलाई उनले ‘श्रमिक अस्पताल’ स्थापना गर्ने मेघा बताउँछिन् ।

मेघाले विद्यार्थीका लागि प्राविधिक शिक्षामा जोड दिएकी छिन् । ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडी बढाउनु पर्छ’ उनले भनिन् ।
शिक्षासँगै स्वास्थ्यमा जोडी दिएकी मेघाले पर्यावरण स्वच्छ बनाउन पनि अग्रसर हुनुपर्ने बताईछिन् ।

‘उद्योग हाम्रो सम्पति हो । यसले यहाँ धेरैलाई रोजगारी दिएको छ । यद्दपी त्यसबाट पर्यावरणलाई पर्ने असरलाई न्यून बनाउनै पर्छ’ उनले भनिन् ।

उनले आन्तरिक पर्यटन प्रवद्धनको समेत योजना बुनेकी छिन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यस्थित बनाउनु सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छ’ उनी भन्छिन् ,’हाम्रो काम गर्ने इच्छा शक्तिले हाम्रो बुनिएका योजनालाई मुर्तरुप दिन्छ ।’
आफू कानुनकै विद्यार्थी रहेकोले मधेसका महिलाहरुले भोग्ने गरेका समस्याहरुबाट उन्मुक्ति दिलाउन न्यायिक समितिमार्फत विशेष अभियान सञ्चालन गर्ने मेघाको योजना छ ।

सत्तारुढ गठबन्धनको तर्फबाट जीतपुरसिमरामा माओवादी केन्द्रका राजन पौडेल मेयरका प्रत्याशी छन् भने मेघा नेपाली कांग्रेसको तर्फबाट उपमेयर पदको प्रत्यासी छिन् ।‘सु(शासनको लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । जीतपुरसिमरा उपमहानगरपालिकामा ७० हजार ६४ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया