आइतबार, चैत २२, २०८२

जगन्नाथ पौडेल उत्तेजनामा आएर चुनावमा उठे : रामचन्द्र पौडेल

मेरोन्यूज २०७९ वैशाख २२ गते १५:३२

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भरतपुर महानगरको स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलसँग कुरा गर्न खोजे पनि नपाएको बताएका छन् । चितवनमा सत्ता गठबन्धनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले आफूले पौडेलसँग बसेर कुरा गर्न चाहेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘मैले यहाँ जगन्नाथ पौडेललाई बोलाएर केही कुरा गर्न चाहेँ, केही कुरा गरौँ भनेँ, उहाँहरू चाँडै चाँडै उठेर जानु भयो,’ नेता पौडेलले भने, ‘एउटा उत्तेजनामा मात्रै उहाँहरू चुनावमा उठेको जस्तो मात्रै लाग्यो ।’

नेता पौडेलले आफूहरूको प्रतिस्पर्धी नेकपा माओवादी र प्रचण्ड नभएको दाबी गरे । उनले आफूहरूको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति भएको दाबी गरे ।

‘नेपाली कांग्रेसको प्रतिस्पर्धा माअ‍ोवादीसँग होइन, नेपाली कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, हाम्रो प्रतिस्पर्धी केपी शर्मा ओली शैलीसँग हो,’ उनले भने ।

सभालाई सम्बोधन गर्दै उनले गठबन्धन नभएको भए कांग्रेस सरकार जान नसक्ने बताए । उनले गठबन्धनकै कारण गुमनाम रहेका कांग्रेस नेताहरू मुख्यमन्त्री मन्त्री भएको दाबी गरे ।

प्रतिक्रिया