आईजीपी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन
मेरोन्यूज
२०७९ वैशाख २२ गते १६:१६

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।
आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय गरेको भनी अतिरिक्त महानिरिक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको हो ।
न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ ।
आफु भन्दा जुनियरलाई आइजीपी बनाएको भन्दै पोखरेल सोमबार सर्वोच्च अदालतमा पुगेका थिए । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । पोखरेल सिंहभन्दा १६ महिनाअघि एआईजी बनेका थिए ।

सम्बन्धित
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया