नेप्सेमा भारी गिरावट, एक सातामा कति घट्यो ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । पछिल्लो एक सातादेखि निरन्तर गिरावट भइरहेको नेप्स १३७.५२ अंकले घटेको छ ।
बिहीबार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ ।
बिहीबार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । बैंकिङ, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।
कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य बढेको छ । जसमा बिहीबार जाल्पा लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता मैलुङ्ग खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
कारोबार रकमका आधारमा आठ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री गरेर सूर्य लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एनआईसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
















एनआरएन विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन
अस्थायी मतदाता विवरण पनि संकलन हुँदै
‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया