एनआईसी बैंकका ग्राहकलाई क्लिनिक र सेन्टरमा २५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक र काठमाडौँ प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । योसँगै दुवै स्वास्थ्य सेवामा एनआईसी बैंकका ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
समझदारी पत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल र क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका थिए । समझदारीअनुसार बैंकका ग्राहकले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटुलगायतमा विशेषज्ञ सेवाहरू र सेन्टरबाट हेमालोजी, माइक्रोबायोलोजी, हिष्टोप्याथालोजीलगायत सेवा लिन सक्ने छन् ।
मुलुकभर ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउण्टरबाट सेवा दिँदै आएको बैंकले सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

















भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
रुसमाथि लगाएको प्रतिबन्ध अन्त्य गर्न युरोपेली सङ्घसँग हङ्गेरीको आग्रह
१६५ क्षेत्रकै नतिजा सार्वजनिक, कसको कति सिट ?
आजको मौसम : दिनभर बादल लाग्ने
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया