चौधरी ग्रुपले ल्यायो विश्व प्रसिद्ध ब्राण्ड माइडिया

काठमाडौँ । चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । यसबाहेक चौधरी ग्रुपसँग इलेक्ट्रोनिक्स क्षेत्रमा नेपाली बजारमा लामो अनुभव र विश्वास छ ।
माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेकोे हो । चौधरी ग्रुपका अनुसार कम्पनीले माइडिया ब्राण्डका नयाँ उत्पादनमार्फत प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
दुई पक्ष बीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकासमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । चौधरी ग्रुपका अनुसार, माइडिया ब्राण्डका साना घरेलु उपकरणहरू नेपाली बजारमा पहिलेदेखि नै बिक्री वितरण गर्दै आइरहेको छ ।
साथै, ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । कम्पनीले किचेन एप्लायन्स, भ्याकुम क्लिनरहरू, वासिङ्ग मेसिन, वासर ड्रायर र रेफ्रिजेरेसन उत्पादन ल्याउने योजना बनाएको छ । योसँगै कम्पनीले माइडिया ब्राण्डका अन्य धेरै उत्पादनहरु पनि चाँडै ल्याउने तयारी गरिरहेको छ ।
‘यस समारोहमा तपाईंहरू माझ सहभागी हुन पाउँदा हामी धेरै नै खुसी छौं र नेपाली उपभोक्ताहरूलाई उन्नत प्रविधि, उच्च गुणस्तरका उत्पादनहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न हामी सँगसँगै उभिन पाउँदा खुसी छौँ,’ माइडिया ए.पी.ए.सी. क्षेत्रका दक्षिण एशिया व्यापार कार्यालयका प्रमुख एको झाङले भने ।
माइडिया ब्राण्ड माइडिया ग्रुपअन्तर्गतको घरेलु उपकरण व्यवसायभित्रका १० भन्दा बढी ब्राण्डमध्ये एक हो । माइडिया गु्रप एक अग्रणी विश्वव्यापी उच्च–प्रविधि कम्पनी हो, जुन २०२१ को ग्लोबल फर्च्यून ५०० मा २८८ स्थानमा रहन सफल भयो ।

















आजको मौसम : दिनभर बादल लाग्ने
अमेरिकी डेमोक्र्याटिक सांसदहरूद्वारा इरानी विद्यालयमा भएको अमेरिकी आक्रमणको छानबिन गर्न माग
निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
समानुपातिकतर्फ रास्वपाले कटायाे ४९ लाख, अन्य दलकाे कति ?
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया