बालेनमाथि टिप्पणी गरेपछि केशव स्थापितसँग पुनः स्पष्टीकरण माग

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको नेकपा एमाले मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।
मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि टिप्पणी गरेको भन्दै स्थापितसँग स्पष्टीकरण सोधेको निर्वाचन आयोगले जनाएको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फाबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन शाहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसअघि यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि अमर्यादित व्यवहार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो । गत १५ गते काठमाडौँको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो ।
उक्त प्रश्नको जवाफमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए ।
















राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
प्रतिक्रिया