कांग्रेसका बागी उम्मेदवार पार्टीबाट निष्कासित, नामावाली पठाउन निर्देशन
मेरोन्यूज
२०७९ वैशाख २२ गते १९:२७

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवारी दिने, उनका प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित भएको बताउँदै नाम पठाउन आग्रह गरेको छ ।
बिहीबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकको पार्टी सदस्यता नरहेको सूचित गराएका हुन् ।
पार्टीको आग्रह अस्वीकार गरेका बागी कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४ (१३) (ग) बमोजिम पार्टीबाट निस्कासन भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीबाट निष्कासित भएका उम्मेदवार, प्रस्तावक र समर्थकको नामावली केन्द्रमा पठाउन जिल्ला कार्य समितिलाई आग्रह गरेको छ ।

सम्बन्धित
















Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया