शुक्रबार, माघ १६, २०८२

आइएमई पे र गोल्ड स्टारबीच सम्झौता

मेरोन्यूज २०७९ वैशाख २२ गते २०:३१

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आईएमई पे’ र गोल्ड स्टारबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार गोल्ड स्टार जुत्ताहरूको खरिदमा आइएमई पेमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुटको व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्ड स्टारका तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका थिए ।

गोल्डस्टार जुत्ता गोल्ड स्टारको वेबसाइटबाट खरिद गर्दा वेव चेकआउटमा र गोल्ड स्टार जुत्ताका भौतिक आधिकारिक शोरुममा क्युआरमार्फत भुक्तानी गर्दा उक्त छुट पाउने भएको हो ।

प्रतिक्रिया