शुक्रबार, माघ १६, २०८२

२० लाखमा सुन कछुवा बिक्री गर्न खोज्ने युवक पक्राउ

मेरोन्यूज २०७९ वैशाख २२ गते २०:३८

काठमाडौँ । काठमाडौँ ७ चाबहिलस्थित खोटाङ हलेसी गेष्ट हाउसबाट सुनौलो रङको सुन कछुवासहित साँखु बस्ने कीर्तिपुर नगरपालिका ८ घर भएका २३ वर्षीय आशिष थापा घर्ती पक्राउ परेका छन् ।

चाबहिल क्षेत्रमा दुलर्भ वन्यजन्तु कछुवा अवैध रुपमा ल्याइ २० लाखमा कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जाँच गर्ने क्रममा घर्तीको साथमा रहेको झोलाबाट उक्त कछुवा फेला पारिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि आजै डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ ।

प्रतिक्रिया