बिहीबार, मंसिर ११, २०८२

एसियाली खेलकुद स्थगित गर्ने चीनको निर्णय

मेरोन्यूज २०७९ वैशाख २३ गते १३:२८

काठमाडौं । आगामी भदौं २५ गतेबाट चीनको होङझोउ शहरमा शुरु हुन लागेको १९औं एसियाली खेलकुद स्थगित भएको छ ।

आयोजक राष्ट्रले प्रतियोगिता सार्नुपर्ने कारण प्रष्टसँग उल्लेख नगरेपनि खेलकुद अनिश्चित समयका लागि स्थगित गरेको जनाएको छ । ‘एसियन ओलम्पिक परिषद ९ओसीए०ले सेप्टेम्बर १० देखि २५ (भदौं २५ बाट शुरु हुने)सम्म चीनको होङझोउ शहरमा आयोजना हुने १९औं एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरेको छ,’ प्रतियोगिताको आधिकारिक वेवसाइटमा लेखिएको छ ।

कोभिडलाई कारण देखाएर उसले खेलकुद स्थगित गरेको अनुमान लगाउन थालिएको छ ।

प्रतिक्रिया