जिम्बावे ‘ए’सँग नेपाल तीन विकेटले पराजित
मेरोन्यूज
२०७९ वैशाख २३ गते १५:२५
काठमाडौँ । नेपाल जिम्बावे ‘ए’सँग पराजित भएको छ । पहिलो एक दिवसीय खेलमा नेपाल जिम्बावे एसँग तीन विकेटले पराजित भएको हो ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भएको थियो । नेपालले दिएको सामान्य लक्ष्य जिम्बावेले २६ ओभरको समाप्तिमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
जिम्बावे ‘ए’का लागि ओपनर इन्नोसेन्ट कियाले सर्वाधिक ४८ रनको अविजित इनिङ खेले । यस्तै, चेफास जुवावोले ३२ रन बनाउँदा राय किया १४ रन बनाए । यसैगरी, ब्राड इभान्स १७ रनमा अविजित रहे ।
नेपालको बलिङमा कप्तान सन्दीप लामिछानेले २ विकेट लिएका थिए । उनले १० ओभर बलिङ गर्दै एक मेडनसहित ३२ रन खर्चिएर २ विकेट लिएका हुन् । यस्तै, कराण केसी २ तथा सागर ढकाल र सोमपाल कामीले एक–एक विकेट लिएका थिए ।
सम्बन्धित
















महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले स्थगित गरे संसद् अधिवेशन
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया