हाम्रो आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेका छैनौं : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफुहरुले आफनो शक्ति अनुसार मात्रै गठबन्धनमा भागवन्डा खोजेको बताएका छन् । आफ्नै शक्ति नभएपछि धेरै ठााउ आफुहरुले नताकेको केसीको भनाई थियो ।
‘हामीले धेरै ठाउँ ताकेका छैनौं । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्यो । के कुरा ढाट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’ केसीले भने ।
उनले केन्द्रमा भएको नीति आफुहरुले तलसम्म हु–वहु पालना गरेपनि गठबन्धनमा रहेका केही दलहरुले जिल्ला र पालिकामा त्यसलाइृ पालना नगरेको पनि बताए । चितवनमा भएको बागी उम्मेदवारीप्रति लक्षित गदै केसीले चितवनमा के भईरहेको छ, देखिहाल्नुभएको छ भन्दै प्रश्न उठाएका थिए । केसीले गठबन्धन भन्दा प्रतिगमन अहिले पनि बलियो रहेकोले सवै दल मिलेर प्रतिगमनलाई परास्त गर्नुपर्ने बताए ।
काठमाडौंमा सत्ता गठबन्धन दलले शुक्रबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले त्यसतो बताएका हुन् ।
आजभन्दा चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाई बहुमत पाएर नेकपा एमाले र माओवादी मिलेर सरकार चलाए । तर, पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद नै देख्नै नहुने समस्या भयो,’ केसीले भने ।
ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्तिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’
अध्यक्ष केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।
‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने ।
गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौं । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने ।
गठबन्धनभित्रका दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ ।
‘काठमाडौँ मुलुकको महत्त्वपूर्ण ठाउँ हो। महानगरपालिकाबाट जाने सन्देश देशभर र अन्तर्राष्ट्रियस्तरमा असर पर्छ,’ अध्यक्ष केसीले भने, ‘मेयर महत्वपूर्ण ओहोदा हो। हामी सबैलाई विश्वास छ यो चुनावमा सिर्जना सिंहले विजय प्राप्त गर्नुहुनेछ। महानगरको नेतृत्व गर्नुहुने छ।’
उनले संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत भएकाले पाँच दल एक ठाउँमा उभिएका पनि बताए।
‘पाँच दलभित्र सबैको एक मत छैन तर संसद बचाउने कुरामा गठबन्धनभित्र एकमत छ। त्यही भएर हामी एक ठाउँमा आएका हौँ,’ केसीले भने।
















Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया