कहीँ नभएको जात्रा केपी ओलीको पालामा भए : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले काठमाडौँ महानगरको विकास गर्न सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । काठमाडौँमा आयोजित सत्ता गठबन्धनको सभालाई सम्बोधन गर्दै उनले कहीँ नभएको जात्रा केपी ओलीको पालामा भएको बताएका छन् ।
‘पाँच वर्षपछि सकिने आयोजनाको आजै उद्घाटन गर्ने, ३०० अस्पतालका भवन आजै उद्घाटन गरिदिने, कहीँ नभएको जात्रा जस्तो सबै एकैदिनमा गर्न खोज्ने, कहीँ नभएको जात्रा केपी ओलीको पालामा भयो,’ अध्यक्ष नेपालले भने, ‘गठबन्धनका उम्मेदवार एकदमै राम्रो विचार भएका छन्, आफूले नसक्ने काम विज्ञमार्फत गर्छु भन्नु भएको छ, यो अत्यन्तै उत्कृष्ट विचार हो ।’
सिंगो काठमाडौंलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउनु पर्ने उनको भनाइ छ । कतिपय कामहरू एउटै जिल्ला र पालिकाले मात्र गर्न नसक्ने भन्दै त्यसका लागि समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढ्नु पर्ने बताए ।
गफ नभएर काम गरेर जनताको मन जित्नु पर्नेमा जोड दिए । गठबन्धनतर्फका उम्मेदवारलाई इमान्दार भएर जनताको काममा समर्पित हुनसमेत आग्रह गरे । दम्भले कहिल्यै पनि नहुने भन्दै गफ र दम्भका साथ अघि बढ्दा जनतालाई मुर्ख बनाउन मात्रै सकिने तर, काम गर्न नसकिने उनले बताए ।
काठमाडौंको लागि योजना बनाउँदा ५० वर्षलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउँदै उनले फिलिपिन्सको विकासको मोडल समेत स्मरण गराए ।
















उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
शुक्लाफाँटामा बाघ गणना सम्पन्न
सुशासन र पारदर्शितामा सांसदहरूको जोड
शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ
इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया