बुधबार, माघ ७, २०८२

कुकुरलाई हिर्काएको निहुँमा झडप, १० प्रहरीसहित कांग्रेस–नेकपा एसका कार्यकर्ता घाइते

मेरोन्यूज २०७९ वैशाख २३ गते २०:४९

काठमाडौँ । कुकुरलाई हिर्काएको निहुँमा विवाद हुँदा बाजुराको बुढिनन्दा नगरपालिका ९ पाण्डुसैन झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले २३ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रु ग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणबाहिर गएको छ ।

नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएपछि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका थिए । कांग्रेस कार्यकर्ताको आक्रमणपछि नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी चौकी पुगेका थिए ।

कांग्रेस कार्यकर्ताले प्रहरी चौकीमा नै आक्रमण गर्दा १० जना प्रहरी घाइते भएका छन् । कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । झडपमा संलग्न दुवै पक्षका पाँच जना घाइते भएका छन् ।

स्थिति नियन्त्रण लिन जिल्लास्थित सुरक्षा निकायका प्रमुख टोली घटना स्थल गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया