शनिबार, माघ १७, २०८२

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ वैशाख २३ गते २१:३१

कैलाली । जिल्लाको जोशिपुर गाउँपालिका ६ कुसैनी बस्ने १७ वर्षीय सन्दिप डगौराको ट्रयाक्टर दुर्घटनामा परी शुक्रबार बिहान मृत्यु भएको छ ।

आफ्नै पावर टेलर ट्रयाक्टरले खेत जोत्ने क्रममा दुर्घटना हुँदा घाइते भएका उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया