बेहुली लिन गएका बेहुला हिरासतमा !
मेरोन्यूज
२०७९ वैशाख २४ गते ११:३३

काठमाडौं । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् ।
उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी (बेहुली) लिन जन्तीसहित गएका थिए ।
तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्रहरीले चौधरीलाई पक्राउ गरिएको प्रवक्ता पाठकले बताए । चौधरीको घर झापा गाउँपाकिलाको वडा नम्बर – ४ मा छ ।
प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया