सुर्खेतमा पार्टीको झण्डा राखेको दुई गाडीमा आगजनी
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर मंगलगढी चोकमा स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि झण्डा राखिएका दुई गाडीमाथि आगजनी गरिएको छ ।
आज अपराह्न २ बजे वीरेन्द्रनगर नगरपालिका ६ मंगलगढी चोक नजिकै सत्कार होटल सडक छेउमा रोकी राखेको बा १४ च ६८३१ नम्बरको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको झण्डा राखिएको स्कार्पियो गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
उनका अनुसार आगजनीबाट स्कार्पियोको पछिल्लो टायर जलेको र प्रहरीले तत्काल आगो नियन्त्रण लिँदा बाँकी क्षति हुनबाट जोगिएको छ ।
यता प्रहरीले आगो नियन्त्रण गर्दै गर्दा मंगलगढी चोकबाट सात सय मिटर पश्चिममा रहेको तीनतोली होटलअगाडि रोकी राखेको अर्को गाडीमा अपरिचित व्यक्तिले आगो लगाएको उनले बताए । तीनतोली होटलमा रोकेको नेकपा एमालेको झण्डा र माइक राखेको क प्र ०२–००१ प ००६१ नम्बरको मिनीबसमा आगजनी गरिएको थियो ।
प्रहरी र दमकलको सहयोगमा अपराह्न ३ बजे आगो नियन्त्रणमा लिइएको जनाउँदै प्रहरी नायब उपरीक्षक घर्तीले मिनीबसका सबै सिट जल्नुका साथै सिसा फुटेको बताए । आगजनी गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया