पन्जाबलाई हराउँदा राजस्थानको प्लेअफ बलियो

काठमाडौं । पन्जाब किंग्सलाई ६ विकेटले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आइपीएल० २०२२ क्रिकेट प्रतियोगितामा सातौं जित निकालेको छ । जितसँगै तेस्रो स्थानमा रहेको राजस्थानले प्लेअफ सम्भावना बलियो बनाएको छ ।
मुम्बईमा १९० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
राजस्थानको जितमा यशस्वी जैसवालले सर्वाधिक ६८ रन बनाए । यस्तै, देवदत्त पाडिक्कल र शिम्रन हेटमायरले समान ३१ रन बनाउँदा जस बटलरले ३० रन बनाए ।
पन्जाबका अर्शदीप सिंहले २ विकेट तथा कागिसो र बाडा र ऋषि धवनले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाब किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनायो ।
पन्जाबका ओपनर जोनी बेयरस्टोले सर्वाधिक ५६ रन बनाए । यस्तै जितेश शर्माले ३८ रन बनाउँदा भानुका राजपक्षे २७ रनको योगदान गरे ।
राजस्थानका युजभेन्द्र चहलले ३ विकेट लिए । यस्तै प्रसिद्ध कृष्ण र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।
जितसँगै राजस्थान ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । पन्जाब ११ खेलबाट १० अंक सहित सातौं स्थानमा छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया