पेस्तोल र गोलीसहित बाराबाट दुई भारतीय युवा पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २५ गते ७:००
बारा । बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका-९ मा शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।
सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुबै जनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्ने २ राउण्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको जनाइएको छ ।
पेस्तोल र गोली सहिँत पक्राउ परेका दुबैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सम्बन्धित
















रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
वडा सीमा विवाद सुल्झाउने मापदण्डको सुझावमाथि अध्ययन जारी
श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल
बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया