श्रम क्षेत्रका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको श्रम क्षेत्रमा देखिएका समस्या समाधानको अगुवाइ मजदुर सङ्गठनले गर्नुपर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) र एकीकृत ट्रेड युनियन महासङ्घ नेपालले १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले श्रमिकवर्गमा आशा र विश्वास जगाउने काम ट्रेड युनियनको भएको उल्लेख गरे ।
“असङ्गठित र अनौपचारिक क्षेत्रका मजदुर तथा ज्यालादारी श्रमिकका आआफ्ना समस्या छन्, यी समस्या कसरी समाधान गर्न सकिन्छ भनेर मजदुर सङ्गठनले ध्यान दिन जरुरी छ”, सहसंयोजक नेपालले भने, “जीवन धान्ने ज्याला छैन, संवैधानिक अधिकार कुण्ठित हुँदैछन्, यसतर्फ ट्रेड युनियनले ध्यान दिनुपर्छ ।”
अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) नेपालका देशीय निर्देशक नुमान ओज्कानले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय संवादबाट सामाजिक न्यायको ढोका खोल्नुपर्नेमा जोड दिँदै पछिल्ला समय नेपालमा असल श्रम सम्बन्धको विकास हुँदै गइरहेको बताए।
अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगतबहादुर सिम्खडाले भने, “वैज्ञानिक ढङ्गबाट पारिश्रमिक वृद्धि, श्रमिकको सन्ततिलाई सहुलियतमा पठनपाठन र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गरिनुपर्छ ।”
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया