लिभरपुल रोकियो, सिटीलाई मौका

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए ।
खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता दिलाए । तर ७४औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुलको हार टारे ।
जितपछी लिभरपुल शीर्ष स्थानमा फर्किएपनी त्यसको फाइदा सिटीले लिएको छ ।
लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । समान अंकको सिटीले एक खेल कम खेलेको छ । टोटणहम ३५ खेलबाट ६२ अंकसहित पाचौं स्थानमा छ ।
सिटीले आइतबार नै न्युक्यासल युनाईटेडको सामना गर्नेछ । यदि जितेको खण्डमा सिटीले तीन अंकको अग्रता लिनेछ ।
शनिबार राति नै भएका अन्य खेलमा चेल्सी बराबरीमा रोकिदा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।
घरेलु टोली ब्राइटनले युनाइटेडलाई ४-० अन्तरले पराजित गर्यो । ब्राइटनको जितमा मोइसेस, मार्क किकिरेला, पास्कल ग्रोब र लिन्द्रो ट्रोसार्डले १-१ गोल गरे ।
जितपछि ब्राइटन ३६ खेलमा ४७ अंक जोडेर नवौं स्थानमा छ । युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा छ । योसँगै युनाइटेडको च्याम्पियन्स लिग सम्भावना कम भएको छ ।
अर्को खेलमा चेल्सी वुल्भ्ससँग २–२ को बराबरीमा रोकियो । घरेलु मैदान स्ट्रामफोर्ड ब्रीजमा चेल्सीले २(० को अग्रता जोगाउन नसकेको हो ।
चेल्सीको लागि रोमेलु लुकाकुले दुई गोल गरे । वुल्भ्सको लागि फ्रान्सिस्को ट्रिनिकाओले र कोनोर कोयडीले गोल गरे ।
बराबरीसँगै ३५ खेलबाट ६७ अंक जोडेको चेल्सी तालिकाको तेस्रो स्थानमा छ । यस्तै, ३५ खेलबाट ५० अंक जोडेको वुल्भ्स तालिकाको आठौं स्थानमा छ ।
प्रिमियर लिगअन्तर्गत शनिबार नै भएको अन्य खेलहरुमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।
















Home Minister Gurung announces his resignation
गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राख्ने
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया