शनिबार, माघ १७, २०८२

बलात्कारको आरोपी सहचालक फरार हुँदा कुटाइ खाएका चालकको मृत्यु

मेरोन्यूज २०७९ वैशाख २५ गते १४:२१

काठमाडौँ । इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बा ५ ख ५९८२ नम्बरको गाडीका सह चालक नुवाकोट वेलकोटगढी नगरपालिका १३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त गाडीमा काठमाडौँबाट इलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका ७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि किशोर फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका २ वगुवा बस्ने ३४ वर्षीय दीपक ढुंगाना रहेका छन् ।

उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया