मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला । मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को आठ महिनामा रु एक करोड ८६ लाख ७२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागनु मसान्तसम्ममा विभिन्न शीर्षकमा उक्त परिमाणमा राजस्व सङ्कलन गरेको जनाएको हो ।
कार्यालय प्रमुख मोहनबहादुर विष्टले सबैभन्दा धेरै घरजग्गा लिखत रजिष्ट्रेसन शुल्कबाट रु एक करोड २६ लाख २३ हजार ७७७ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । यसैगरी पुँजीगत लाभकरतर्फ रु ५७ लाख ३४ हजार ५३६ र विविधतर्फ रु तीन लाख १३ हजार ८६९ राजस्व सङ्कलन भएको उनले बताए ।
राजस्व रकममध्ये पुँजीगत लाभकर सङ्घीय सरकारमा पठाउने प्रावधान छ । त्यसबाहेक पुर्जा धितो, रोक्का, संशोधन, घर कायम, नामसारी विलम्ब शुल्कलगायत शीर्षकको राजस्व रकम प्रदेश सरकारमा पठाउने प्रावधान रहेको कार्यालय प्रमुख विष्टले बताए । सङ्कलित राजस्वमध्ये रजिष्ट्रेसन शुल्कअन्तर्गतको कुल रकमको ४० प्रतिशत प्रदेश सरकारलाई र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान रहेको छ ।
यहाँ गत आर्वमा विभिन्न राजस्व शीर्षकअन्तर्गत रु दुई करोड ४० राजस्व सङ्कलन भएको थियो । त्यसमध्ये घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट रु एक करोड ४२ लाख २३ हजार, सेवा शुल्कबाट रु ९८ लाख २४ हजार, गुठीबाट उठेको राजस्व रु तीन लाख ६४ हजार र पुँजीगत लाभकरतर्फ रु ८४ लाख २९ हजार रहेको थियो ।
















डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया