निर्वाचनका दिन खोप सञ्चालन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ ।
मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन गर्न कठिनाइ पर्ने भएकाले उक्त दिन खोप कार्यक्रम स्थगित गरिएको बताए । यसअघि मन्त्रालयले मतदान केन्द्रमा नै खोप केन्द्र सञ्चालन गर्ने तयारी गरेको थियो ।
“निर्वाचन सम्पन्न गर्न मतदानस्थलमा स्वास्थ्यकर्मीसमेत परिचालन हुने र स्वास्थ्यकर्मीले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान कार्यक्रम सञ्चालन हुन कठिनाइ भएकाले सो दिन खोप सञ्चालन नहुने जानकारी गराइन्छ”, उनले भने ।
उनले निर्वाचन अघि र पछिका दिनमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने भएकाले सबैलाई सकेसम्म कोभिड–१९ विरुद्धको खोप लगाउन अनुरोध गरिएको छ । छिमेकी मुलुकमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दै जाँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले सर्तक रहँदै जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।















नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया