बहुविवाह गर्ने दम्पती पक्राउ
मेरोन्यूज
२०७९ वैशाख २५ गते १८:५८

महोत्तरी । बहुविवाह कसुरमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जेठी श्रीमती सुनिता विश्वकर्माले दिएको उजुरीका आधारमा बर्दिबास ३ बस्ने भक्त बहादुर विश्वकर्मालाई आज प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्माले घरमा श्रीमती हुँदाहुँदै ओखलढुंगाबाट कान्छी श्रीमतीको रूपमा मंगलीमाया विश्वकर्मालाई विवाह गरेको हुनाले पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रहरीले मंगलीमायालाई पनि पक्राउ गरेको छ । उनीहरू जेठी श्रीमती सुनिता भएकै ठाउँमा एकसाथ बस्दै आएका थिए । दुवै जनालाई पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप्दै थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
नेपाल लाइफले भन्यो– दिपक भट्ट र ब्रोकर ५५ सँग कुनै कारोबार छैन
प्रतिक्रिया