बुधबार, माघ ७, २०८२

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु 

मेरोन्यूज २०७९ वैशाख २६ गते ११:०१

कैलाली । कैलालीको भजनी नगरपालिका-६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भजनी नगरपालिका-२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् ।

गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया