नेपाल र जिम्बाब्बे ए बीचको निर्णायक खेल ३३ ओभरको हुने
मेरोन्यूज
२०७९ वैशाख २६ गते १२:१०

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर, राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र हुनेछ ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार टस १२ बजे हुनेछ भने खेल साढे १२ बजे सुरु हुनेछ । यस्तै खेल ३३ ओभरको हुने जनाइएको छ । नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ ।
पहिलो खेलमा जिम्बाब्बे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।
अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।
सम्बन्धित
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया