राजस्व चुहावट गरेको अभियोगमा मुद्दा
मेरोन्यूज
२०७९ वैशाख २६ गते १७:०८
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालकविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले काठमाडौँ महानगर २७ स्थित अन्तरा इन्टरनेशनलले प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर विरुद्धको अपराध गरेको पाइएको जनाएको छ । विभागले सो कम्पनीका लेखा परीक्षक गणेशबहादुर केसी र श्यामसुन्दर यादवविरुद्ध मुद्दा दायर गरेको हो ।
विभागले १७ करोड सात लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै यही वैशाख २२ गते मुद्दा दायर गरेको भए पनि आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । आरोपी अन्तरा इन्टरनेशनलले आठ करोड ५३ लाख ७७ हजार मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको छ ।
विभागले आरोपीविरुद्ध शतप्रतिशत जरिवाना समेत गरी १७ करोडभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरिएको हो ।
सम्बन्धित















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया