नेकपा एसबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण एमालेमा फिर्ता

झापा । नेकपा (एकीकृत समावादी) बाट झापाको गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् ।
एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् ।
नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ । तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु ।
माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
सभामुखमा रास्वपा उपसभापति अर्यालको उम्मेदवारी दर्ता
प्रतिक्रिया