महिलाले एकैपटक नानी जन्माएजस्तै, एकैपटकमा विकास गर्छौं : केशव स्थापित

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफ्नो प्रतिपक्षी नभएको बताएका छन् । एक चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले चुनाव जितिसकेको दाबी गरे ।
‘मेरो प्रतिपक्षी महिला उम्मेदवारीले हाम्रो पार्टीको उपमेयरले जस्तो भाषण गरे पनि हुने नि, यत्तिको बोल्न जान्नु हुन्न, त्यही भएर होला मेरो प्रतिस्पर्धी नै छैन जस्तो लाग्छ,’ उनले भने ।
मेयरका उम्मेदवार स्थापितले अहिले आफूलाई चुनावी सभा हो कि, विजयी सभा हो ? भन्ने अन्योल भएको बताए । उनले भने, ‘मलाई अहिले चुनावी सभा हो कि, विजयी सभा हो ? अन्याल भएको छु ।’
सभालाई सम्बोधन गर्दै उनले आफू मेयरमा विजयी भए काठमाडौँको फोहोर उठाउन बताए । यस्तै, उनले अब काठमाडौँमा फोहोरको राजनीति समाप्त पार्ने दाबी गरे ।
उनले आफूले एकैपटक काठमाडौँमा संस्कृति धरोहरको विकास गरेर देखाइदिने बताए । उनले भने, ‘महिलाहरूलाई थाहा होला, नानी जन्माउँदा एक दिन हात जन्माउने, पर्सी खुट्टा जन्माउने, अर्कोपल्ट आँखा जन्माउने जस्तो हुँदैन, एकैपटक नानी जन्माएर पुर्नजागरण गरेजस्तै हामी खण्ड-खण्डको कुरा गर्दैनौँ, एकैपटक विकास गर्छौं ।’
उनले आफूले गर्दा कसैले दुःख पाए, कसैको चित्त दुखे माफ पाऊँ भन्दै माफी मागेका थिए । यसअघि उनले महिलाप्रति अनेक आक्षेप लगाउँदै आएका थिए ।
यस्तै, चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरमा भएका सबै पर्खाल लगाएका सबै सरकारी जग्गा सर्वसाधरणका लागि खुला गर्ने बताए ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया