सोमबार, चैत २३, २०८२

महिलाले एकैपटक नानी जन्माएजस्तै, एकैपटकमा विकास गर्छौं : केशव स्थापित

मेरोन्यूज २०७९ वैशाख २७ गते १६:२४

काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफ्नो प्रतिपक्षी नभएको बताएका छन् । एक चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले चुनाव जितिसकेको दाबी गरे ।

Advertisement
nepal life insurencenepal life insurence

‘मेरो प्रतिपक्षी महिला उम्मेदवारीले हाम्रो पार्टीको उपमेयरले जस्तो भाषण गरे पनि हुने नि, यत्तिको बोल्न जान्नु हुन्न, त्यही भएर होला मेरो प्रतिस्पर्धी नै छैन जस्तो लाग्छ,’ उनले भने ।

मेयरका उम्मेदवार स्थापितले अहिले आफूलाई चुनावी सभा हो कि, विजयी सभा हो ? भन्ने अन्योल भएको बताए । उनले भने, ‘मलाई अहिले चुनावी सभा हो कि, विजयी सभा हो ? अन्याल भएको छु ।’

सभालाई सम्बोधन गर्दै उनले आफू मेयरमा विजयी भए काठमाडौँको फोहोर उठाउन बताए । यस्तै, उनले अब काठमाडौँमा फोहोरको राजनीति समाप्त पार्ने दाबी गरे ।

उनले आफूले एकैपटक काठमाडौँमा संस्कृति धरोहरको विकास गरेर देखाइदिने बताए । उनले भने, ‘महिलाहरूलाई थाहा होला, नानी जन्माउँदा एक दिन हात जन्माउने, पर्सी खुट्टा जन्माउने, अर्कोपल्ट आँखा जन्माउने जस्तो हुँदैन, एकैपटक नानी जन्माएर पुर्नजागरण गरेजस्तै हामी खण्ड-खण्डको कुरा गर्दैनौँ, एकैपटक विकास गर्छौं ।’

उनले आफूले गर्दा कसैले दुःख पाए, कसैको चित्त दुखे माफ पाऊँ भन्दै माफी मागेका थिए । यसअघि उनले महिलाप्रति अनेक आक्षेप लगाउँदै आएका थिए ।

यस्तै, चुनावी सभालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरमा भएका सबै पर्खाल लगाएका सबै सरकारी जग्गा सर्वसाधरणका लागि खुला गर्ने बताए ।

प्रतिक्रिया