एनसेलको चुनाव लक्षित अफर सार्वजनिक

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।
यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।
एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । सयदेखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३ दिन समयसीमा भएको दुई सय एमबी डेटा पाउँछन् । त्यसैगरी दुई सय वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।
नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफर जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।
डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र सय मिनेट अल नेट टक टाइम पाइन्छ । यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ ।
भ्वाइस सेवा मात्र चाहिने ग्राहकले ९४ रुपैयाँमा ७ दिनका लागि मान्य १५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ३ ह्यास डायल गरी प्याक लिन सक्छन् ।
दैनिक रूपमा डेटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प रहेको छ । यसमा ग्राहकले १२९ रुपैयाँमा ७ दिनका लागि दैनिक एक जीबी डेटा भोल्युम लिन सक्छन् ।















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
प्रतिक्रिया