जेठ २ गते मोदी नेपाल आउँदै, पूर्वतयारीका लागि भारतीय सैनिक लुम्बिनीमा

काठमाडौं । २५६६ औं बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्वतयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ।
जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ।
भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्वतयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत् भारतीय सैनिक अधिकारीको टोली बन्दोबस्तीका सामग्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गरेको हो।
लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार भारतीय एयरफोर्सको आइएल ७६ इलुसिन विमानमार्फत् ३० जनाको भारतीय सैनिक टोली लुम्बिनी आइपुगेका छन्।
भट्टराईले भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि तयारीको लागि अति विशिष्ट पाहुनाहरूले प्रयोग गर्ने सवारी साधन र बन्दोबस्तीका सामग्री लिएर चार दिन पहिले नै सैनिक अधिकारीहरूको टोली लुम्बिनी आइपुगेको जानकारी दिए।
उक्त टोली अब जेठ २ गतेसम्म लुम्बिनीमै रहने छ। गत वैशाख १५ गते नेपाली वायुसेवा निगमको जहाजले परीक्षण उडान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको पहिलो अन्तर्राष्ट्रिय विमान समेत यही भएको छ।
बिहान १० बजेतिर विमानस्थलमा अवतरण गरेका भारतीय सैनिक अधिकारीहरूलाई विमानस्थलका कर्मचारीहरूले स्वागत गरेका थिए।










काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया