रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको युक्रेनको दाबी

किभ । रुसी सेनालाई खार्किभको उत्तरमा धकेलेको र प्रमुख शहर वरपरका केही गाउँहरू पुनः कब्जा गरेको युक्रेनी सेनाले जनाएको छ । रुसले पूर्वी युक्रेनको दोनबास अभियानमा सफल भए पनि मस्कोले लामो युद्धको तयारी गरिरहेको अमेरिकी सुरक्षा अधिकारीहरूले चेतावनी दिएका छन् ।
यसैबीच, रूसी क्षेप्यास्त्रहरूले युक्रेनको अर्को सहर ओडेसामा हमला गरेको छ र सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेनका लागि थप ४० अर्ब डलर सहायता स्वीकृत गरेको छ । सहयोगलाई माथिल्लो सदन सिनेटले पनि अनुमोदन गर्ने सम्भावना छ । सेनाहरूले मारिओपोलको अजोभस्टल स्टिल प्लान्टमा आक्रमण जारी राखेका छन् ।
यसैबीच, युक्रेनको इज्युम सहरमा भत्किएको भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ । युक्रेनमा युद्धका क्रममा पहिले अनुमान गरिएको भन्दा हजारौं बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार अनुगमन मिसनले जनाएको छ ।
















युद्धको घेरामा मध्यपूर्व, विश्व चिन्तामा
चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक
नेकपा कार्यसंयोजन समितिको बैठक जारी
नासा नेपालद्वारा चितवनमा ईभीसम्बन्धी एक दिने ओरिन्टेसन कार्यक्रम सञ्चालन
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया