शनिबार, माघ १७, २०८२

सासुको मृत्युपछि बुहारी बनिन् उपमेयरको उम्मेदवार

मेरोन्यूज २०७९ वैशाख २८ गते १५:४३

काठमाडौँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरकी उम्मेदवार दिएकी सुभावती कुर्मीको मृत्युपछि उनकी बुहारीलाई उम्मेदवार बनाइएको छ ।

नेपाली कांग्रेसले कुर्मीको निधनपछि उनकै बुहारी रिताकुमारी कुर्मीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

महाराजगञ्ज नगरपालिकामा सुभावतीको मृत्यु भएसँगै निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्थगित गरेको थियो । आयोगले आगामी जेठ ३ मा निर्वाचन हुने गरी निर्वाचनको नयाँ कार्यक्रम प्रकाशित गरेको छ ।

२८ वर्षीय रिताले सासुको सपना पूरा गर्ने बताएकी छन् ।

प्रतिक्रिया